लेखन सामग्री
पाषाण युगमा चुच्चो ढुँगाले कोरेर गुफामा रुखपात र पशुपक्षीहरूको चित्र बनाएर अभिलेख राख्ने गर्दथे । मानिसको पहिलो लेखन सामग्रीमा चुच्चो परेको ढुंङ्गा र गुफाका भित्ताका ढुंङ्गाहरू नै हुन् ।
माटाको चक्की
अक्षरको आरम्भ र विकास सबै भन्दा पहिले मेसोपोटामियाको नदीको किनाराको समतल मैदान मा भएको हो भन्ने विद्वानहरूको भनाई छ । रोटी पकाउने पिठो जस्तै माटो मुछेर डल्लो बनाई रोटी जस्तै बेलेर चारकुने आकारका चक्कीहरू बनाएर पूर्णरूपमा सुकी नसकेको अवस्थामा त्यसमा नरकट, निगालो वा बाँसलाई एकापट्टी चुच्चो सूइरो बनाएर त्यसैले लेख्न ुसुरु गरेका थिए । यीे घामले सुखी सकेपछि सुरक्षित राखिन्थे । यस्ता माटाका चक्कीहरूमा लेखिएको संदेश एक ठाउँबाट अर्को ठाउँमा पठाउन असजिलो हुन्थ्यो तापनि यीे माटाका चक्की र बाँसको सुइरो दुइथोक नै मानिसको लेखन सामग्रीको दोश्रो अनुसन्धान थिए । यो ई.सा. पूर्व ३१०० वर्षतिर को आविष्कार हो ।
पेपिरस
लगभग ईृ.सा. पूर्व ३००० वर्ष अघि पेपीरस ९एबउथचगक० भन्ने निगालोबाँस जत्रो करीब दशदेखि पन्द्रफीटसम्मको उँचाई र लगभग तीन इञ्चीसम्मको गोलाई हुने, नाइल नदीको किानाराको चिसो झाडीमा उम्रने बिरुवाको बाहिरी हरियो भाग ताँसेर फालेपछि बँचेको भित्रको गुदी पातलोगरी डोको–नाङलो बनाउने बाँसको चोयाकाढे जस्तै काढेर ती चोृयाहरूलाई एकअर्काकोे छेउँमा टाँसेर नेपाली कागजको ताउ जस्तै आकारको बनाएर त्यसमाथि गह्रुङ्गो कुनै बस्तु वा ढुंगाले थिचेर सुके पछि शंख वा हाडले घोटेर चिल्लो बनाइको लेखनसामग्रीलाई पेपीरस भनिन्थ्यो । त्यसैको अपभ्रंश भएर आज पेपर ( एबउभच० भनिएको हो ।
यो लिखत ई. सा. पूर्व २००० वर्ष अधि पेपिरसमा लेखिएको मिश्रमा रहेको लिखत हो ।
आजको मिश्र, ग्रीस र रोमका प्राचीन सम्यतामा लगभग ३५०० वर्षसम्म प्रायः सबै जसो किताबहरू यस्तै पेपीरसमा लेखिन्थे । लेखन सामग्री्रको इतिहासमा यो एउटा पनि महत्यपूर्ण तत्व थियो ।
प्राचीन मिश्री, रोमनी, ग्रीकी र हेब्रूहरूले पेपिरस र भेंडा–बाख्राका छालालाई हिजो आजको कागज जस्तै प्रयोग गर्दथे । माथि चित्रित लिखत ई.सा. पूर्व २००० वर्ष अधि पेपिरसमा लेखिएको हो । यो हाल मिश्रको पुस्तकालयमा रहेको छ ।
बाँस
मिश्र र आसपासका देशहरूमा पेपीरसको प्रयोग भए जस्तै चिनमा ई.सा. पूर्व १५०० वर्षदेखि करीब ई.सा. पूर्व ४०० वषर््ा सम्म बाँसको प्रयोग हुन्थ्यो । बाँसलाई चिरेर कप्टेरो बनाई त्यसमा माथिबाट तल एक लहर लेखिन्थ्यो । धेरै लेख्नु पर्दा बाँसको कप्टेराहरू परस्पर जोडेर राखिन्थे । केही सिल्क कपडामा पनि लेख्ने गरिन्थ्यो ।
( ।
मैन
लगभग ई.सा. पूर्व ५०० वर्ष पहिले मह झिकेको मौरीको चाकाबाट बनाइएको मैनको स–साना च्याप्टा चक्कीहरूमा पनि लेख्ने चलन थियो । यो मैन तताएर पुनः प्र्रयोग गर्न पनि मिल्थ्यो ।
रुखका पातः
विश्वका धेरै ठाउहरूमा स्थानीय रुख–विरुवाको पात पनि लेखन साभग्रीको रूपमा प्रयोग गरिन्थे । नेपाल र भारतमा ताडपत्रमा लेखिएका कितावहरू विद्यमान छन् ।
ताडपत्रः
प्राचीन समयमा ताड बृक्षको सुकेका पातहरूलाई पानीमा उमालेर सुकाए पछि ढुंङ्गाले घोटेर चिल्ला बनाइन्थे र काटेर समान आकारको बनाई त्यसमा लेख्ने चलन थियो । यस्ता ताडपत्रमा लेखिएका ग्रन्थहरू हाम्रो रा िक्ष् ट ्र्य पुस्तकालयमा पनि सुरक्षित छन् ।
भुर्जपत्र
नेपालको पहाडी भाग, खास गरेर जुम्लाको बनमा भुर्ज बृक्ष पाइन्छ । त्यसको बोक्रालाई भुर्जपत्र वा भोजपत्र पनि भन्दछन् । यो भुर्जबृक्षको बोक्रा कागज जस्तो पातलो निस्कन सक्दछ । त्यस्तो पातलो भएर छिटो नच्यातियोस भनेर त्यसमा तेल लगाएर सुकाइन्थ्यो र लेख्न प्रयोग गरिन्थ्यो । त्यस्तो भुर्जपत्रमा लेखिएका पुस्तकहरू हाम्रो राष्ट्रिय पुस्तकालयमा पनि संग्रहीत छन् ।
बाँसको सुप्ला
सबै ठाउँमा पाइने तामाबाँसलाई बेरेर रहने सुप्ला आगोमा तताउँदा सोझो हुन्छ । त्यसमा रहने झुस पनि झर्छ । त्यसलाई कैंचीले मिलाएर काटेपछि लेख्न मिल्ने पाता बन्दछ । बाँसको कलमले त्यस्तो पातामा लेख्न मिल्छ । आज भन्दा करीब छ दशक अधि यी पंक्तिकारले यस्तै बाँसको सुप्लामा पनि लेखेर अक्षर राम्रो बनाउन प्रयास गरेको थियो ।
छाला
ई.सा.पूर्व २०० वर्ष अधि भू–मध्यसागरका केही तटीय प्रदेशहरूमा पेपिरसको ठाउँमा छालाई राम्रोसंग माडेर सुकाए पछि लेखन सामग्रीको रूपमा प्रयोग गरिन्थ्यो । गर्भमा रहेको गाइको बाच्छा–बाच्छी वा बाख्र्राको पाठा–पाठीको छाला नरम हुने भएकोले त्यसमा लेखिने किताबहरू बहुमूल्य मानिन्थे ।
फलेकः
काठको फलेकमा अंगार पानीमा फेटेर लगाई, त्यसलाई चिल्लो ढुङ्गंगा वा सिसीले घोटेर चिल्लो बनाई सकेपछि सेतो कमेराको मसी बनाएर लेख्ने चलन पनि थियो । धेरै अवधि भएको छैन लेखनकलामा सुधार आएको, उदाहरणार्थ यी पंक्तिकारले पनि सुरुमा पढेको रुपन्देही जिल्लाको एउटा गाउँको विद्यालयमा फलेकमा लेखेर शिक्षकलाई गृहकार्य देखाउनु पथ्र्यो ।
कागज
सर्वप्रथम कगजको आविष्कार चीनका काइ लून ९त्कुबष् ीगल ० ले १०५ एडी मा गरेका हुन् । उनले कागज बनाउने प्रविधिको बारेमा आफनो आविष्कारको विवरण बादशाह हो दी ९ भ्mउभचयच ज्य(म्ष् ० समक्ष प्रतिवेदन पेश गरेका थिए । माथी उल्लेख भए बमोजिमको बाँस गरुंङ्गा्े र सिल्क मोहोगो हुन्थ्यो । त्यसैले काइ ल्ुानले रुखको बोक्रा, पटुवा, घाँस, चिथ्रालुगा आदिलाई पिसेर धुलो बनाएर, धोए–पकाए र त्यसको झोललाई छानेर थाल जस्तै च्याप्टो भाँडामा फिंजाएर धाममा सुकाउँदा पेपीरस भन्दा राम्रो चिल्लो सतह भएको कागज बनाएका थिए । यो कुरा चिनियाँहरूले गोप्य नै राखेका थिए ।
समरकन्दको लडाईँमा चिनियाहरूलाई अरबहरूले हराएर केही चिनियाँहरूलाई बन्दी बनाएका थिए । ती मध्येमा केही बन्दीहरू कागज बनाउने कलामा निपूर्ण रहेछन् । उनीहरूबाट ७५१ एडीमा यो शीप र ज्ञान अरबमा पुगेको हो । चिनमा भएको यो आविष्कार करीब ५०० वर्ष पछि मात्र यूरोपमा पुगेको थियोे ।
नेपालमा पनि लोक्ता भन्ने केही जंगली घाँसको बोक्रा पानीमा पकाएर, त्यसको लस्सा थाल जस्तो आकारको भाँडामा फिंजाएर घाममा सुकाई कागज बनाउने प्रचलन म्याग्दी र बागलुङ्ग जिल्लामा आज सम्म पनि कायम नै छ । घरायसी र अदालती महत्व पूर्ण लिखतहरू यही कागजमा नै लेख्नु पर्दछ । यो बलियो हुन्छ र धेरै अवधि सम्म टिक्दछ । तिब्बतमा यो प्रविधि ६५० एडीमा र भारतमा ६४५ एडी मा भित्रिएको हो । नेपालमा पनि लोक्ताबाट कागज बनाउने प्रविधि यसै बीचको अवधिमा भित्रिएको हुनुपर्छ ।्
हातले बनाएको हुँदा यस्तो कागजको सतह बराबर नमिलेर कँही बाक्लो र कँहीं पातलो हुन सक्दछ । मिलमा बनेको कागजमा जस्तो पानीछाप यस्तो कागजमा नहुने हुँदा कैले बनेको कागज हो भन्नेकुरा यकीन हुन सक्दैन । मिलमा बनेको कागजको पानीछापको आधारमा कागज निर्माता कम्पनीबाट त्यो कागज बनेको साल थाहा पाउन सकिन्छ । कागज बनेको साल भन्दा पहिलेको सालको मिति परेको देखिएमा शंका रहीत रूपमा, त्यस्तो लिखत कीर्ते हुन्छ । नेपाली घरेलु कागजमा त्यस्तो थाहा पायने सुबिधा हुदैन ।
संसारको पहिलो कागज बनाउने कारखाना बग्दादमा स्थापना भएको हो । नेपालमा कागज निर्माण गर्ने पहिलो कारखाना भृकुटी कागज कारखाना हो । यसको उत्पादन बजारमा आउन थालेको सम्बत् २०४३ सालको अन्ततिर हो । यस काराखानाबाट पनि कुन मितिमा कागज उत्पादन भएको हो भन्ने कुराको पानीछाप जस्तो कुनै शंकेत राखिने प्रचलन भएमा, त्यो कागजको उमेर पत्ता लगाउन सहज हुने थियो । बजारमा उपलब्ध हुने हालको कागजमा पहिलेको मिति राखेर लिखत खडा भएको हो होइन भन्ने प्रश्न हल गर्न सुबिधा हुने थियो ।
कलम
बाँसको कलम
फाउन्टेन कलमको प्रचार हुनु भन्दा पहिले नेपालमा निगालो जातिको बाँसको कलम बनाउने प्रचलन थियो । छिप्पिएको निगालो बाँसमा मसिनो छिनोले बुट्टा काटेर विभिन्न किसिमका राम्रा–राम्रा कलम बनाइन्थे । नेपालमा यस्ता कलम बाग्लुङ्गमा बढी बन्थे र नेपालभर विक्री वितरण हुन्थे । त्यसको एउटा टुप्पो तर्फ लाग्ने कर्द वा चक्कुले कोप्रो पारी काटेर बीचमा चिरेर फाउण्टेन कलममा प्रयोग हुने नीबको जस्तो दुइटा टुप्पा बनाइन्थ्यो । त्यसरी चिरिएको ठाउँबाट मसी अल्पमात्रामा प्रवाहित हुँदै कागजमा बराबर मिलेर झर्ने हँुदा सरसर्ती लेख्न मिल्थ्यो ।
पहाडतिरको बनमा उनायो भन्ने विशेष प्रकारको झार पाइन्छ । त्यसको डाँठबाट पनि बाँसको जस्तै कलम बनाउन मिल्थ्यो । नेपालको तराइमा पाइने नरकट काटेर पनि बाँसको जस्तै कलम बनाउन सकिन्थ्यो । तर नरकटको कलम बाँसको जत्तिको बलियो हुँदैन थियो । दुम्सीको काँडाबाट पनि कलम बनाएर लेख्ने चलन थियो । त्यस्तै चराको प्वाँख पनि कलमको रूपमा प्रयोग गरिन्थ्यो ।
मसीदानीमा कलम चोबेर लेख्नु पर्ने हुँदा यस्ता कलमबाट लेखिएका हस्ताक्षरहरूमा मसीको मात्रा सबै अक्षर हरूमा बराबर नपर्ने पनि सम्भावना रहन्थ्यो । सुरुका अक्षरहरूमा मसीको मात्रा बढी र त्यस पछि क्रमानुसार कम हँुदै जानु स्वभाविक हुन्थ्यो । अतः एउटै लिखतमा पनि कुनै अक्षरमा मसीको मात्रा बढी र कुनै अक्षरमा घटी हुन सक्थ्यो । त्यसकारणले अक्षरका रेखाहरू कहीं गाढा र कहीँ फिका देखिन सक्थे । फाउण्टेन कलमबाट लेखिने अक्षरहरूमा मसीको मात्रा कागजमा बराबर पर्ने हुँदा अक्षरका रेखाहरूमा मसीको मात्रा बराबर मिलेको हुन्छन् । मसीको मात्रा रेखाहरूमा बराबर मिलेको छैन भने लेखकको लेख्ने गतिमा घटी–बढी वा कलमको चापमा हल्का गाढा भएको कारणले त्यस्तो हुने हो । त्यस कारणले एउटै लेखकले लेखेको होइन भन्ने देखिन आउँछ । तर बाँस, उनायो, नरकट आदिले लेखेको हस्ताक्षर भएमा यस्ता असमानताका आधारमा लेखक फरक हो भन्न हुँदैन ।
अक्षरको रेखाहरूको मोटाई कलमको टुप्पो र कलम समात्ने तरिका र कलमको चापमा आधारित हुन्छ । यदि कलमको टुप्पो छडके पारेर काटिएको रहेछ भने रेखाको सुरु र अन्त्य पनि छड्के नै उत्पन्न हुन्छन् ।
फाउण्टेन कलम
हिजो आज बाँसको कलमको प्रचलन हराउँदै गएको छ । बाँसको कलमको ठाउँ फाउण्टेन कलम र डट कलमले लिएको छ । मसीदानीमा कलम बारम्बार चोब्न नपर्ने हुँदा बाँसको कलमको तुलनामा फाउण्टेन कलमबाट छिटो लेख्न सकिन्छ । लिखतको सुरुदेखि अन्त सम्मका सबै अङ्क अक्षरहरूमा मसीको मात्रा बराबर पर्दछन् । फाउन्टेन कलमको निबका दुइटा टुप्पाहरूबाट लेखकको कलम समात्ने तरिका र लेख्दा पर्ने बल तथा गतिको कारणले लेखमा विभिन्न प्रकारका परिचयात्मक चिन्हहरू निर्माण हुन्छन् । राम्रो र सरसर्ती सर्ने कलमबाट लेखिएको हस्ताक्षरमा लेखकलाई चिनाउने पर्याप्त आधारहरू उत्पन्न हुन्छन् । तसर्थ महत्वपूर्ण लिखतहरू फाउण्टेन कलमबाट लेख्न र सही गर्न उचित हुन्छ ।
केरमेट वा थप भएको लिखत लेखिएको अवस्थामा उसै बखत एउटै लेखकले केरमेट गरेको, संँच्याएको वा थपेको हो वा होइन भन्ने प्रश्न कहिले काहीं उठ्दछ । यस्तो प्रश्नमा पुरा लिखत एउटै कलम मसीबाट, एउटै लेखकले, एकै बसाईमा लेखेको हो वा होइन भनी अध्ययन गर्नु पर्दछ । यस्तो प्रश्नमा अध्ययन गर्दा निम्न बुँदाहरूमा विशेष ध्यान दिनु पर्दछ ।
१. रेखाको मोटाई पत्तालगाउन सर्वप्रथम सबै भन्दा मसिना रेखाहरूलाई सूक्ष्मदर्शक यन्त्रबाट नाप्नु पर्दछ । किनकि मोटो रेखामा कलमको चापको असमानताले मोटाईमा एक रूपता हँुदैन । तर सबै भन्दा मसिनो रेखामा कलमको चाप नपर्ने भएकोले, त्यो मोटाई कलमको टुप्पोको हो भन्ने बुझिन्छ । त्यस कारणले सबैभन्दा मसिनो रेखाको मोटाई नापेर एउटै कलमबाट लेखिएको हो वा होइन भनी यकीन गर्न सकिन्छ । समान नापोमा ठूलो फोटो बनाएर अध्ययन गर्न सुविधा हुन्छ । यसरी अध्ययन गर्दा उही अक्षरको समान ठाउँको रेखा लिनु अनिवार्य हुन्छ । यसको निमित्त अनिवार्य रूपमा स्केल राखेर मात्र फोटो खिंच्नु पर्दछ ।
२. निबको दुबै टुप्पाहरू फट्टिएको भए, त्यस्तो फट्टिएको ठाउँको रेखा पनि नाप्नु पर्दछ । नेपाली घरेलु कागजमा अगाडिबाट भन्दा पछाडिबाट कलम फट्टिएको ठाउँ स्पष्ट देख्न सकिन्छ ।
३. रेखाहरू चिल्ला, दुबै किनारमा धार परेका वा भद्दा, नराम्रा, करौँतीको दाँती जस्ता बनेका पनि हुन सक्दछन् । यस्ता चिन्हहरूबाट पनि कलम चिन्न सकिन्छ ।
४. निब बिग्रेको, टुप्पो भाँचिएको रहेछ भने, त्यस्तो कलमबाट लेख्दा उत्पन्नहुने विकृति अक्षरको रेखाको कुनै खास ठाउँमा उत्पन्न हुन्छ । त्यस्तो विकृतिबाट सजिलैसंग कलम यकीन गर्न सकिन्छ ।
उक्त बुँदाहरूको अध्ययन गर्दा सबै सहीहरू वा हस्ताक्षरहरू एउटै कलमबाट लेखिएका हुन् वा होइनन् भन्ने कुरा अधिकांंश अवस्थामा यकीन गर्न सकिन्छ । तर एउटै कलमबाट एक भन्दा बढी मानिसले लेखेको हो वा होइन भन्ने प्रश्नमा भने यकीन हुन सक्दैन । किनकि लेख्दा पर्ने बल र कलम समात्ने तरिका आदि लेखनगुणहरू फरक पर्ने हुँदा, कलमको ब्यक्तिगत परिचयात्मक चिन्हको सट्टा लेखकको आफ्नोे ब्यक्तिगत परिचयात्मक लेखनगुणहरू बढी अंकित हुन्छन् । यदि कलमको टुप्पो भाँचिएको, बिग्रेको वा यस्तै कुनै स्पष्ट चिन्ह निबमा रहेछ भने, त्यसबाट लेखमा उत्पन्न हुने चिन्ह सबैमा समान हुन सक्दछ र त्यसको आधारमा एउटै कलम प्रयोग गरिएको हो भन्न सकिने अवस्था पनि कहिले काँही सृजना हुन सक्दछ ।
डट कलम ः
हिजो आज फाउण्टेन कलमको स्थान डट कलमले लिन थालेको छ । अमेरिकी नागरिक जोहन लाउडले सन् १८६४ मा पहिलो पटक बनाउन प्रयास गरेका थिए, तर सफल भएनन् । सन् १८९५ मा इञ्जिनियर बस्क्यू भन्ने ब्यक्तिले बनाएता पनि राम्रोसंग सरेन । सन् १९३५ मा चेकोस्लाभियाका क्लीन्स र इस्नर भन्ने दुइजनाको प्रयासबाट सरसर्ती लेख्न मिल्ने डट कलम उत्पादन गरेर बिक्री वितरणमा ल्याएका हुन् । त्यसमा पनि भएका त्रुटिहरूलाई हटाएर सन् १९४५ पछि अमेरिकामा पनि यस्तो कलमको प्रचार भएको हो ।
फाउन्टेन कलममा जस्तो डटकलममा निबमा दुइटा टुप्पा हँुदैनन् । त्यस कारणले कुनै अक्षर डटकलमबाट लेखिएको हो वा होइन भनी सूक्ष्म दर्शकयञ्त्रबाट परीक्षण गर्दा यकीन गर्न सकिन्छ । कमसल डट कलमबाट लेखिएको लेखको अंक अक्षरहरूको रेखामा मसीको मात्रा बराबर नमिलेका घटिबढी परेका हुन सक्दछन् । खास गरेर सिधा र बक्र रेखाहरूमा कलम अडिदा जस्तो मसीको थोप्लाहरू उत्पन्न हुन सक्दछन् । मोटो र मसिनो रेखा छुट्टिन नसक्ले हुनसक्दछ । कलमको चाप कुन ठाउँमा के कति परेको छ भनी छुट््याउन नसकिने अवस्था पनि पर्न सक्दछ । फाउण्टेन कलमबाट लेखिएको हस्ताक्षरमा जस्तो डट कलमबाट लेखिएको हस्ताक्षरमा लेखकको सबै लेखन गुणहरू स्पष्ट उत्रेका हुँदैनन् । लेखको परिचयात्मक चिन्ह कम देखिन्छ । सद्दे र कीर्तेका लक्षणहरूमा स्पष्ट अन्तर नदेखिन पनि सक्दछ । त्यसकारणबाट महत्वपूर्ण लिखतहरू डट कलमबाट लेख्न उपयुक्त मानिदैन ।
डट कलमबाट लेखिएका विवादित हस्ताक्षरहरू परीक्षण गर्दा त्यस्तै डट कलम र फाउण्टेन कलम समेतबाट लेखिएका पर्याप्त संख्याका समकालीन नमूनाहरू अध्ययन गरेर मात्र यकीन गर्नु पर्दछ । कमसल डट कलमबाट लेखिएका हस्ताक्षरहरू सद्दे नै भए पनि कीर्तेमा हुने लक्षण वा चिन्हहरू पनि उत्पन्न भएका हुन सक्छन् । अतः पर्याप्त र समकालीन नमूनासित तुलनात्मक अध्ययन नगरिकन निकालिएको निस्कर्ष त्रुटिपूर्ण हुनसक्ने पर्याप्त सम्भावना रहन्छन् । त्यस काराणले विशेषज्ञहरूले डट कलमबाट लेखिएका हस्ताक्षरहरू परीक्षण गर्दा विशेष ध्यान दिनु पर्दछ ।
मसी
मसीसंग सम्बन्धित दुइटा प्रश्नहरू उत्पन्न हुन्छन् । कुनै दुइटा लिखत एउटै मसीबाट लेखिएका हुन् वा होइनन्, यस्तै लिखतको सुरुदेखि अन्ततक लेखिएको, थपिएको, केरमेट गरिएको र सँचिएको मसी एउटै हो वा होइन भन्ने र एउटा लिखत र अर्को लिखत वा एउटै लिखतमा परेको दुई वा बढी मसीबाट लेखिएको लिखतको अङ्क अक्षरको मसी के कति अगाडि पछाडि लेखिएको हो वा मसीको आधारमा लिखतको उमेर कति भयो भन्ने जस्ता मसीेसंग सम्बन्धित मुख्य प्रश्नहुन् ।
यी प्रश्नहरूको उत्तर पत्ता लगाउन सजिलो हँुदैन । लिखत लेखिएको मसी वा कागज निमाणर््ा भएको मिति भन्दा अधिको मिति परेको लिखत देखिएमा, त्यस्तो लिखतको ब्यहोरा शंकाजनक हुन्छ । किनकि कागज वा मसीको उमेर भन्दा लिखतको उमेर जेठो हुन सक्दैन । लिखतको उमेर कागज वा मसीको उमेर भन्दा कान्छो नै हुनु पर्दछ । तसर्थ लिखतको उमेर थाहा पाउन कुन मसी कुन–कुन रसायनबाट बनेको छ र त्यो मसी कम्पनीले कुन मितिमा उत्पादन गरेको हो भन्ने कुरा थाहा पाउनु पर्दछ । यदि त्यो तथ्यांक आधिकारिक रूपमा ज्ञात हुन्छ भने लिखतको उमेर थाहा पाउन सैद्धान्तिक रूपमा सम्भव हुन्छ । तर विदेशबाट नेपालमा आउने वा नेपालमा नै बनेको मसी पनि कैले बनेको हो र त्यसको उत्पादक कम्पनी कुनहो भन्ने सम्म पनि हामीलाई थाहा पाउने आधिकारिक स्रोतको अभावमा सदा सम्भव हुँदैन ।
अर्काे तर्फ कलमको टुप्पोबाट कोरिएर कागजमा अंकित मसीको रङ्गको परीक्षण गरी कुन–कुन रसायनको मिश्रणबाट त्यो मसी बनेको हो भनी छुट्टयाउन पनि सजिलो छैन । कैले काँही रसायनिक परीक्षण गर्दा शक्कल लिखत नै नष्ट हुन पनि सक्दछ ।
रेखामा परेको मसीको रङ्गको आधारमा दुबै लिखत एउटै मसीबाट लेखिएको हो वा एउटै लिखत पनि दुइ वा बढी मसीहरूबाट लेखिएका हुन् भन्ने कुरा पनि शंकारहित रूपबाट सदा यकीन गर्न सम्भव हँुदैन । किनकि एउटै फर्मुला प्रयोग गरेर धेरै कम्पनीहरूले मसी उत्पादन गर्दछन् वा कुनै कम्पनीले धेरै वर्ष सम्म कुनै परिवर्तन नगरी एउटै फर्मुलाबाट बनाई रहेका हुन सक्दछन् ।
कुनै–कुनै अवस्थामा विभिन्न रङ्गहरूको फिल्टरहरू प्रयोग गरी सूक्ष्मदर्शक यञ्त्रबाट अध्ययन गर्दा मसीको रङ्ग फरक देखिन पनि सक्दछ । अतिजैविकी र इन्फ्रारेड किरणबाट पनि रङ्गको समानता वा भिन्नता थाहा पाउन सकिन्छ । तापनि सबै प्रकारको मसीलाई अतिजैविकी वा इन्फ्रारेड किरणले पनि भिन्नता छुटयाउन सक्दैन ।
अङ्गारिक मसी ः
प्राचीन समयमा बत्तीको ध्वाँसो र तेल फेटेर बनाएको मसी ढुङ्गामा खोपेको ठाउँमा लगाएर चित्रलाई स्पष्ट र आकर्षक बनाइन्थ्यो । ई.सा. पूर्व २६९७ ई. मा चिनियाँ दार्शनिक त्ष्भल ीअजभग ले मसीको खोज गरेका हुन् । चिनमा ई.सा. पूर्व १२०० ई. सम्ममा राम्रा विभिन्न रङ्गका मसी बनी सकेका थिए ।
प्राचीन समयमा बत्तीको ध्वाँसो वा दाउराको अंगार, गुँद र पानी मिलाएर लेख्ने मसी बनाइन्थ्यो । यस्तो मसीबाट लेखिएको अक्षरको पानी सुके पछि गुँदले कालो ध्वाँसो वा अंगारको धुलो कागजम टाँिसएर स्थायी रूपमा रहन्थ्यो । यस्तो लिखतमा हातले छुँदा कागजको सतह र मसीको उँचाई स्पष्ट संग थाहा पाइन्छ र अक्षरहरू कागज भन्दा माथी टाँसिएको स्पष्ट देखिन्छ । अंगारिक तत्वलाई प्रकाश वा अक्सिजनले कुनै प्रभाव नपार्ने हुँदा त्यस्तो मसीको रङ्ग सदा एकैनासको रहन्छ, परिवर्तन हुँदैन । साधारणतया यस्तो मसीलाई रसायनिक प्रकृयाबाट मेटाउन पनि मिल्दैन ।
रसायनिक घोलबाट बनाइने मसी
हिजोआज विभिन्न रसायनिक मिश्रणको घोलहरूबाट मसी तयार गरिन्छ । स्टेफेनको फर्मुलामा र्संशोधन र सुधार गरेर मसी बनाउने चलन छ । सुरुमा लेखिएको कागजमा वातावरण, प्रकाश र अक्सिजनको प्रभावले परिवर्तन भएर पछि–पछि त्यै मसी गाढा कालो हँुदै जान्छ । त्यस्तै कागज र कलममा पसेको घुलोको कारणले पनि मसीको रङ्गमा परिवर्तन हुन्छ ।
साधारणतया बजारमा पाइने मसीहरू सुरुमा लेख्दा देखिने रङ्गमा परिवर्तन भएर अक्सिजन तथा प्रकाशको प्रभावले पछि गाढा हँुदै कुनै निश्चित सीमासम्म पुगेपछि पुनः त्यसमा परिवर्तन भएर कालोको ठाउँमा पहेंलो हुँदै जान्छ ।
प्रकाश र अक्सिजन नपरेको ठाउँमा यस्तो परिवर्तन ढिलो र प्रकाश तथा अक्सिजनले भेटाउनेठाउँमा रहेको लिखतमा छिटो रङ्गमा परिवर्तन हुन्छ । यस्तो रङ्ग परिवर्तन भएको र परिवर्तन नभएको कारणले मात्र लिखत अगाडि पछाडिको हो भन्ने ठहर गर्नु भन्दा पहिले कागज रहेको स्थान, जलवायु शुष्क वा चिसो, तापक्रम, आदि वातावरण आदिको पनि बिचार गर्नु पर्दछ । तर एकै समयमा लेखिएका, समान अवस्थामा रहेका दुई वा बढी लिखतहरू समान अवस्तामा रहेका भए, रङ्गको अवस्था पनि समान हुनु पर्दछ । यदि असमान रङ्ग देखिन्छ भने लिखतको उमेर पनि असमान नै हुन्छ । यसबाट कुनै दुई वा बढी लिखतको समय अन्दाज हुन सक्छ । एउटै मितिमा लेखिएको भनिएका लिखतहरू एउटै मानिसले एकै ठाउँमा सुरक्षित राखेको भनिएको छ र कुनैमा प्रकाश र अक्सिजनको प्रभावले कालो भएर पनि पहेलो भै सकेको छ र अर्को कालो नै छ भने, दुबै लिखतहरू एकै समयमा लेखिएका होइनन् भन्ने पक्का प्रमाण पुग्दछ ।
मसीको रसायनिक परीक्षण
लिखतमा रसायन प्रयोग गर्दा महत्वपूर्ण नभएको चार पाँच ठाउँको छायाञ्कन ९क्जबमष्लन) भएको र नभएको अक्षरको रेखाहरू छान्नु पर्दछ । सुकेको सफा सिन्का वा भिंmजो वा आलपिनको टाउको वा त्यस्तै वस्तु रसायनमा डुबाएर अक्षरको रेखामा प्रयोग गर्नु पर्दछ । रसायन प्रयोग भएको ठाउँमा कम शक्तिको सूक्ष्मदर्शक यञ्त्र वा राम्रो लेन्सबाट पनिको सहायताबाट पनि अध्ययन गर्न सकिन्छ । यो क्रम विवादित र नमूना लिखतको समान रेखाहरूमा समान रूपले पुनरावृत्ति गरी अध्ययन गर्नु पर्छ ।
मसीको आधारमा लिखतको उमेर यत्ति नै वर्ष पुरानो हो भनेर किटान हुन सक्दैन । यदि मसीको रङ्ग परिवर्तन भएर पूर्ण रूपमा गाढा भै सकेको छैन भने त्यस्तो लिखत एक वर्ष देखि दुइ वर्षको बीचमा लेखिएको हुन सक्दछ । तर रङ्ग परिवर्तन भएर निश्चित सीमा पारगरी सकेर केही पहेंलो भै सकेको रहेछ भने, त्यस्तो लिखतको उमेर यकीन हुन सक्दैन ।
तर एउटै मितिमा लेखिएको दुइटा लिखत समान वातावरण र समन रूपमा रहेको वा एउटै फायल मिसिलमा रहेको लिखत भएमा दुबै लिखतहरूको उमेर एकै हो वा होइन भनी यकीन भन्न मिल्छ । सम्बत १९९३ साल कार्तिक २२ गते पाल्पाको एउटा गाँउमा लेखिएको भनिएको दुइथान लिखतहरू लगभग पचास वर्ष पछि यी पंक्तिका लेखक समक्ष परीक्षणार्थ प्राप्त भएका थिए । त्यसको साथै १९९२ र १९९४ सालमा उही लेखकबाट लेखिएका अरू लिखतहरू पनि थिए । विवादित दुबै लिखतको धनी तथा ऋणि उनै–उनै ब्यक्ति थिए । यी दुबै लिखतहरू छुट्टिएर अलग अलग ठाउँमा रहने अवस्था कतैबाट देखिदैन थियो । यदि दुबै लिखत एउटै मितिमा लेखिएको भए, मसीको रङ्गमा पनि समान रूपले परिवर्तन भएको हुनु पथ्र्यो । परीक्षण गर्दा एउटा लिखतको मसीको रङ्ग पूर्णरूपमा गाढा कालो हुन बाँकी नै थियो भने अर्को लिखतको मसी पहेलो भै सकेको थियो । यसबाट यी दुबै लिखतहरू एउटै मितिमा लेखिएका होइनन् भन्ने निस्कर्ष निक्लेको थियो । पहेलो रङ्ग देखिने लिखत जेठो र कालो देखिने कान्छो लिखत हो भन्ने स्पष्ट छुट्टिन्थ्यो । यो निस्कर्षलाई दुबै लिखतमा लागेका ल्याप्चेहरूले पनि समर्थन गरेका थिए । किनकि दुबै लिखतमा लागेका एउटै कारणीका नाम ठेगाना भएको ब्यक्तिको ल्याप्चेहरू फरक थिए ।
मसीको रसायनिक परीक्षण अनुभवी विशेषज्ञहरूबाट मात्र गराउने स्वीकृति दिनु पर्दछ । शक्कल लिखतमा कुनै प्रकारको रसायन प्रयोग गर्नु भन्दा पहिले सम्पूर्ण लिखतको अनिवार्य रूपले फोटो तयार गरी अधिकार प्रप्त अधिकारीबाट प्रमाणित गराएर राख्नु पर्छ । रसायनले मूल प्रमाण नै नष्टहुन पनि सक्दछ । यस्तै दुखद्् धटना जर्मनीमा सन् १८१० मा घटेको थियो । एउटा महत्वपूर्ण लिखतको मसी परीक्षण गर्ने शिलशिलामा रसायन प्रयोग गर्दा विशेषज्ञहरूले नदोहोरेको कारणले लिखत नै नष्ट भएको थियो । यो घटनाले गर्दा जर्मनीका अदालतहरूले करीब आधा शताब्दि सम्म लिखतमा रसायनिक परीक्षण गर्ने स्वीकृति दिएका थिएनन् ।
कुनै दुइटा लिखत वा एउटै लिखतको कुनै दुई वा बढी ठाउँमा लेखिएको थपिएको वा केरिएको मसी एउटै हो वा होइन भन्ने प्रश्नमा रसायनिक परीक्षण गर्नु पर्ने हुन्छ । माथी उल्लेख गरे जस्तै अंगारिक मसीबाट लेखिएको लिखतमा पछि रसायनहरूको मिश्रणबाट बनेको मसी प्रयोग भएको रहेछ भने, थपिएको वा सँंचिएको मसी फरक हो, भन्ने कुरा रसायनिक परीक्षणबाट शंकारहित रूपले यकीन हुन सक्दछ । किनकि अंगारिक मसीमा प्रयोग गरिने रसायनको कुनै प्रतिकृया हुदैन र अरु मसीमा रसायनिक प्रतिकृयाद्वारा अक्षरको रङ्गमा परिवर्तन हुन्छ । यदि विबादित लिखत रसायनिक मिश्रणबाट बनेको मसीबाट लेखिएको रहेछ र केरमेट वा थपिएको संँचिएको मसी पनि एउटै फर्मुलाबाट बनेको रहेछ भने, एकै प्रकारको रसायनिक प्रतिकृया उत्पन्न भै अक्षरहरूको रङ्गमा पनि समान परिवर्तन हुने भएको कारणले लिखत लेखिएकै अवस्थामा थपिए सँचिएको हो वा होइन भनी यकीन हुन सक्दैन । किनकि एउटै फर्मुलाबाट बनेको मसी भएको कारणले जति सुकै समयको अन्तर परे पनि रसायनिक प्रतिकृयामा अन्तर पर्दैन ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment